नेपालले कुवेतलाई दियो ३ सय ४४ रनको लक्ष्य
काठमाडाैं | फागुन १३, २०७९
काठमाडौं: आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले कुवेतलाई ३ सय ४४ रनको लक्ष्य दिएको छ । यूएईको मलेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३ रन बनायो ।
नेपालका देव खनाल र अर्जुन कुमालले कीर्तिमानी शतकीय पारी खेलेका छन् । कप्तान देव खनालले १ सय २५ रन र अर्जुन कुमालले १ सय ८ रन बनाए । देव र खनालको करिअरको पहिलो शतक पनि हो । कुवेतका हेनरी थोमस र अर्श साहिल काज्मीले समान २र२ विकेट लिए । हैबेर अली र जय महेशकुमार मेहताले एकरएक विकेट लिए ।
कुवेतले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ । कुवेत पहिलो खेलमा हङकङसँग पराजित भएको छ । नेपालले हिजोको खेलमा सिंगापुरलाई हराएको थियो । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई सहभागी छन् । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्ष मुनिको विश्वकपका लागि छनोट हुनेछ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

